Monday 20th May 2024

एक महिनामा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा


तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् ।

वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको छ । त्यसमा महिलाको संख्या १ हजार ७ सय ९१ रहेको विभागको तंथ्याकमा छ ।संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या कात्तिक महिनाको तुलनाा मंसिरमा बढेको छ । गत कात्तिक महिनामा ५१ हजार ५ सय, असोजमा १९ हजार ५ सय ४२, भाद्र महिनामा ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार मंसिरमा सबै भन्दा बढी कामदार साउदी अरब गएका छन् । मंसिरमा उक्त मुलुक जानेको संख्या ६ हजार १ सय ८२ जना रहेको छ ।साउदीपछि नेपाली कामदार क्रमशः यूएई, मलेसिया र कतार गएका छन् । मंसिरमा यूएई जानेको संख्या ५ हजार ४ सय ३५ रहेको छ भने मलेसिया जानेको संख्या ४ हजार ९ सय ५ र कतार जानेको संख्या ३ हजार ६ सय ९७ रहेको छ ।साभार खबर हब 


सम्बन्धित शीर्षकहरु

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर…

प्रतिकृयाहरू
...