Wednesday 12th February 2025

माउण्ट एभरेष्टको ८ औं अधिवेशन सम्पन्न, अध्यक्ष बने डम्बर प्रसाद रिमाल


तितोपाटी – कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो संस्थाको रूपमा संस्थाको रूपमा रहेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाै-कुवेतको ८ औं अधिवेशन सम्पन्न भएको छ भने अधिवेशन मार्फत सर्वसम्मतिले डम्बर प्रसाद रिमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। विशेष गरि खेलकुदको क्षेत्रमा कृयाकलापहरू गर्दै आएको क्लबले फरवानिया स्थित युनिक अडिटोरियम हलमा २० डिसेम्बर २०१९ को दिन संस्थाका निवर्तमान अध्यक्ष इन्द्र प्रसाद पोखरेलको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी तथा संस्थाका संस्थापक-संरक्षक राजेन्द्र तामाङ र सल्लाहकार मित्र सिंजालीको विशेष आतिथ्यतामा एक विशेष समारोहको आयोजना गरेर ८ औं अधिवेशनको साथमा २० औं वार्षिक उत्सवको केक काटेर समेत मनाइएको हो।
प्रमुख अतिथिले शुभकामना मन्तव्य दिंदै क्लबले पुर्वकालमा गरेका उल्लेख्य कामहरूको प्रसंशा गर्दै खेलकुदको माध्यमबाट मनोरञ्जन मात्रै प्राप्त गर्ने नभइ हाम्रो जीवनशैली परिवर्तन गर्न र स्वास्थ्य रहन पनि खेलकुद अपरिहार्य भएको भन्दै खेलकुदको क्षेत्रमा कार्य गर्ने उद्देश्य राखी २० वर्ष देखि कृयाशिल रहदै आएको क्लबले आयोजना गर्ने कुनै पनि खेलकुदसँग सम्बन्धित कृयाकलापमा दूतावास सहकार्य गर्न तयार रहेको बताउँदै अधिवेशनबाट चुनिने नयाँ कार्य समितिलाइ हार्दिक बधाइ तथा शुभकामान दिएका थिए भने शुभकामना दिने अन्य वक्ताहरूमा संरक्षक राजेन्द्र तामाङ, एनआरएनए अध्यक्ष सुजन केसी, पत्रकार महासंघका सचिव आनन्द आचार्य, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, तमु समाजका अध्यक्ष राजु गुरूङ, पुराना सामाजिक सहयोगी व्यक्तित्व कुमार झापाली लगायतका व्यक्ति व्यक्तित्व रहेका थिए।
कुवेतमा कृयाशिल संघ, संस्थाका पदाधिकारी, प्रतिनीधि, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी कलाकार लगायत क्लबमा आवद्ध कुवेतवासी नेपालीहरूको उल्लेख्य उपस्थि रहेको उक्त कार्यक्रमलाइ राष्ट्रिय गान तथा दिप प्रज्वलनबाट औंपचारिकता दिइ संस्थाका पुर्व अध्यक्ष संस्थाले गरेका गतिविधिहरूलाइ प्रोजेक्टरबाट प्रस्तुत गरिएको थियो भने पुर्व अध्यक्षहरूको शुभकामना सन्देश समेत प्रोजेक्टरबाटै प्रस्तुत गरिएको सो कार्यक्रममा उपस्थित सबैलाइ जय आलेले स्वागत गरेका थिए भने इन्द्र प्रसाद भुसालले कार्यक्रमको संचालन गरेका थिए।
सर्व सम्मतिमा नयाँ कार्य समिति चयन गरिएकोले वन्द सत्र नगरी एकै सत्रमा सम्पन्न गरिएको उक्त अधिवेशनमा निवर्तमान अध्यक्ष इन्द्र प्रसाद पोखरेलले नयाँ कार्य समितिका अध्यक्ष डम्बर प्रसाद रिमाललाइ सपथ  खुवाएका थिए भने अध्यक्ष डम्बर प्रसाद रिमालले नव गठित कार्य समितिलाइ सपथ खुवाएका थिए।  कार्यक्रममा सुदुरपश्चिमेली समाजका संरक्षक एवं साहित्यिक श्रष्टा अमर खड्खाले गजन वाचन गरेर अतिथि दिर्घाबाट वाहवाही बटुलेका थिए भने कार्यक्रमको विचविचमा प्रस्तुत गरिएको विभिन्न सांस्कृतिक नृत्यहरूले कार्यक्रममा राैनकता थपेको थियो भने कलाकारहरूलाइ क्लबले प्रसंशा-पत्र प्रदान गरेर सम्मान गरेको थियो ।
नव निर्वाचित अध्यक्ष डम्बर प्रसाद रिमालले अग्रजहरूले देखाएको गोरेटोलाइ पछ्याउँदै आफ्नो कार्यकालमा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था लगायत सबैसँग हातेमालो र सहकार्य गर्दै अझ धेरै कृयाकलाप गर्ने प्रतिवद्धता जनाएका थिए भने कार्यक्रमका सभाध्यक्ष निवर्तमान अध्यक्ष इन्द्र प्रसाद पोखरेलले संस्थालाइ यो अबस्था सम्म ल्याइपुर्याउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिंदै ८ औं अधिेवेशन कार्यक्रम सफल, सभ्य र भव्य रूपमा सम्पन्न गर्न खटिएर लागेका क्लबका सबै सहकर्मी साथीहरू लगायत व्यस्त समयको वावजुद अधिवेशनमा उपस्थित भइ कार्यक्रमलाइ साैहार्द्रपुर्ण वातावरणमा सम्पन्न गर्न साथ दिनुहुने प्रमुख अतिथि, विशेष अतिथि लगायत अधिवेशनमा उपस्थित सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए।
स्मरण रहोस, २० वर्ष अघि गठित माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले एमबि बमजन गोल्डकप तथा समय समयमा सार्क स्तरीय फुटबल खेल, अन्तरदेशिय खेल खेलाउँदै आएको छ भने क्ल्बको आफ्नै अनलाइन मिडिया कुवेतनेपाल डट कम रहेको छ जसको नेतृत्व सालिन र भद्र व्यक्तित्व जय आलेले गरिरहेका छन् भने कुवेतमा दूतावास स्थापनाको लागि विशेष पहल गरेको क्लबले कुवेतमा दूतावास नहुने समयमा साउदी अरेविया मार्फत आप्रवासी नेपाली कामादारका राहदानी नविकरण  तथा कुवेतमा विभिन्न समयमा एम्नेष्टी खुलेको समयमा स्वदेश फिर्ती  प्रकृयाको लागि पनि सहजीकरणको भूमिका खेल्दै आएको छ।

क्लबको आठौं अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
सल्लाहाकार समिति:
बरिष्ट सल्लाहाकार–श्री राजेन्द्र तामाङ(काठमाण्डौ), बरिष्ट सल्लाहाकार–श्री मित्र सिंज्याली(काठमाण्डौ), संरक्षक–श्री बाल कुमार गुरुङ(धरान), संरक्षक–श्री धर्मराज गिरी(झापा), संरक्षक–श्री जितेन थिङ(पोखरा), सल्लाहाकार–श्रीमती गीता तामाङ(काठमाण्डौ), सल्लाहाकार–श्री खोप गुरुङ(बुटवल), सल्लाहाकार–श्री ईन्द्र भुसाल(पर्वत,पोखरा), सल्लाहकार-श्री चन्द्र तामाङ(खोटाङ, पोखरा)
कार्यकारिणी समिति:
अध्यक्ष–डम्बर प्रसाद रिमाल(बारा), उपाध्यक्ष–आनन्द श्रेष्ठ(काठमाण्डौ), महासचिव–सुरेश गुरुङ(संखुवासभा), सचिव–एक राज मल्ल ठकुरी(दाङ), कोषाध्यक्ष –रिक्त (पछि पदपुर्ती गरिने), खेलकुद विभाग प्रमुख-मोहन राई(खोटाङ), महिला बिभाग संयोजक–सरिता पौड्याल(काठमाण्डौ)
बरिष्ट सदस्य–किरण पौड्याल(काठमाण्डौ), बरिष्ट सदस्य–जय आले(पर्वत,पोखरा), बरिष्ट सदस्य – ईन्द्र प्रसाद पोखरेल(चितवन),बरिष्ट सदस्य–जगत मगर(धनकुटा, धरान), बरिष्ट सदस्य–राम बस्नेत(मोरङ), बरिष्ट सदस्य–शिवराम पौडेल(पोखरा), बरिष्ट सदस्य-केदार आले मगर(खोटाङ)
महिला-सदस्य-उमा घिमीरे(झापा), सदस्य-प्रेम जीमी राई(धरान), सदस्य-डम्बर मोक्तान तमाङ्ग(झापा), सदस्य-शन्त लम्साल(तनहुँ), सदस्य-मोहदत्त चपाई-पर्वत (काठमांणडाैं), सदस्य-रहमदीन मिया(पोखरा), सदस्य-केशव बि.क.(नुवाकोट) र सदस्य-किरण राई(झापा)


सम्बन्धित शीर्षकहरु

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

प्रतिकृयाहरू
...