Thursday 10th September 2026

कुवेतमा पनि अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो


तितोपाटी – कुवेतमा अन्तर्राष्ट्रिय  आप्रवासी कामदार दिवस मनाइएको छ । कुवेत ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो ।

कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका अध्यक्ष अहमद अल-अनजीले संवोधन गरेका थिए भने उक्त कार्यक्रममा कुवेत सरकारको तर्फबाट ट्रेड युनियन अध्यक्ष हसन अल सलाइल, मिनिष्ट्रि अफ सोसियल अफेयर्सको तर्फबाट मुनिरा अल-कान्दारी, सोलिडरिटी सेन्टरका अब्दुलरहमान अल-तुर्की लगायत विभिन्न देशका आप्रवासी श्रमिकको क्षेत्रमा कार्य गर्ने प्रतिनीधिहरू तथा आप्रवासी कामदारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

युनियनका महासचिब मुहम्मद अल अरदाको संचालनमा सामुहिक रूपमा केक काटेर मनाइएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विशेष कार्यक्रममा कुवेत ट्रेड युनियनले सरकारी पदाधिकारीका अलवा सोलिडारिटी सेन्टरका अब्दुलरहमान, घाना दूतावासका कन्सुलर अफिसर सामुएल, जिफन्टका कुवेत संयोजक गणेश रावत लगायत फिलिपिन्स, इजिफ्ट, श्रीलंका, सियरालियोनका आप्रवासी कामदारका क्षेत्रमा काम गर्ने प्रतिनीधिहरूलाइ सम्मान गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...