Tuesday 7th April 2026

आप्रवासी श्रमिकका समस्याप्रति सरकार मौन


तितोपाटी- नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ ।

दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ ।यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र उनीहरुका परिवारको हकहितका लागि संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९९० देखि आप्रवासन दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा भने सन् २००० देखि आप्रवासन दिवस मनाउन थालिएको हो । हाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि सप्ताहव्यापी आप्रवासन दिवस मनाइरहेको छ ।

श्रम मन्त्रालयले ‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ भने नारका साथ यो दिवस मनाइरहेको छ । श्रम मन्त्रालयले विभिन्न स्वदेशी तथा विदेशी संघसंस्थासँग मिलेर आप्रवासन दिवसको सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाले आप्रवासी श्रमिक र परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेयता प्रत्येक वर्ष प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर विश्व आप्रवासन डे भनेर मनाउन थालिएको हो ।आप्रवासनका कारण धेरै नेपाली परिवारविहीन भएका छन् भने कति श्रमिकले विदेशमै अंगभंग तथा ज्यान समेत गुमाएका छन् । साभार खबर हब


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...