Tuesday 14th May 2024

श्रमिकसँग बढी रकम लिने म्यानपावरमा छापा


तितोपाटी-वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ ।

श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ । श्रमिकसँग लिएको रकम विभागले बरामद गरेको छ ।यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको आठ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपियाँ मागेपछि सुरेन्द्र राना मगर, बालकृष्ण गरंजा मगर, समिर गरंजा मगर, शन्तबहादुर गरंजा मगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए ।

विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा थिए ।

एजेण्ट जीतबहादुरले यसअघि नै तीन जनासँग ३५ हजार लिइसकेको र बाँकी रकम लिएर आइतबार म्यानपावर कार्यालय बोलाएका थिए । रकम बुझ्न जीतबहादुरलाई खटाएको म्यानपावर सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ ।
-साभार उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

नसोध मलाई म कहाँ छु आफैलाई खोज्दा हराएको छु मनमा आफैलाई भेट्ने सपना सझाएको छु विपना खोज्न सक्दिन सपनाले च्यापेको…

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको…

प्रतिकृयाहरू
...