Sunday 12th April 2026

बयान दिन अदालत जाँदै गरेकी बलात्कारपीडितलाई ज्युँदै जलाइयो


तितोपाटी-भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्।उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर कब्जामा लिएका थिए।

उनलाई गाउँ बाहिर लगी खेतमा पेट्रोल छर्केर जलाइएको इण्डिया टुडेले जनाएको छ। शरीरमा आगो लागेकी ती महिला हारगुहार गर्दै नजिकैको गाउँ पुगेकी थिइन्।उनको शरीरको ९० प्रतिशत भाग जलेको सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई लखनउ लगिएको छ।गत बर्ष डिसेम्बरमा बलात्कारको घटना भएको र त्यसको तीन महिनापछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।उनीमाथि पाँच व्यक्तिले बलात्कार गरेका थिए। बलात्कारी पाँचमध्ये तीन जनालाई पक्रिएर प्रहरीले हिरासतमा राखेको छ।दुई जना भने फरार छन्। ती महिलामाथि बलात्कार गर्नेहरूले नै अहिले हमला र आगो लगाएको आशंका गरिएको छ।यो घटनाले भारतभरि आक्रोश फैलिएको छ।

केहीदिन अघि मात्र भारतको हैदरावाद सहरमा स्कुटर बिग्रेर सडकमा उभिइरहेकी भेटेरेनरी डाक्टरको बलत्कारपछि हत्या भएको थियो।सो घटनाको विरोध जारी रहेका बेला भारतको उत्तरप्रदेशमा फेरि यो क्रुर घटना भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...