Friday 7th August 2026

डाक्टरलाई बलात्कारपछि जलाउने चारै जना इन्काउन्टरमा मारिए


तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी  हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ ।

समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो। चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो।

२७ नभेम्बरमा चार युवकहरुले एक भेटनरी डाक्टरको बलात्कार गरेपछि जलाएर मारेका थिए । प्रहरीहरूले अनुसन्धानको शिलशिलामा आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएकाे छ।प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो।

अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र क्लिनर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेर का थिए।

-एजेन्सीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

प्रतिकृयाहरू
...