Thursday 27th August 2026

वैदेशिक रोजगारीको जोखिमः दैनिक २ कामदारको शब नेपाल भित्रदै


नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार असोज महिनामा १८४ कामदारको शव ल्याइएको छ भने भदौमा १३५ र साउनमा ७४ कामदारको शव ल्याइएको छ ।

११९ अंगभंग भएकालाई सहयोग
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चार महिनामा २ महिलासहित ११९ अंगभंग भएका कामदारलाई आर्थिक सहयोग प्रदान गरेको छ । असोजमा ९८ र भदौ महिनामा ७० जना अंगभंग भएका कामदारलाई बोर्डले सहयोग प्रदान गरेको छ । १९ जना अलपत्र परेका कामदारको भने उद्धार गरेको छ । ८ जना कामदारका परिवारलाई औषधोपचारका लागि सहयोग गरेको छ ।

चार महिनामा ५१ हजार बिदेसिए
चालू आवको चार महिनामा रोजगारीका लागि ५१ हजार २७४ बिदेसिएका छन् । जसमध्ये ४ हजार १५८ महिला छन् भने ४७ हजार ११६ जना पुरुष छन् । बिदेसिएकामध्ये २१ हजार २५४ पहिलोपटक रोजगारीका लागि गएका हुन् ।

२० जिल्लामा परामर्श केन्द्र स्थापना
वैदेशिक रोजगारसम्बन्धी जानकारी प्रदान गर्न सरकारले २० जिल्लामा वैदेशिक रोजगार परामर्श केन्द्र स्थापना गरेको छ । स्विस सरकार र नेपाल सरकारको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमातहत रहने गरी केन्द्रको स्थापना गरिएको वैदेशिक रोजगार बोर्डका महानिर्देशक राजनकुमार श्रेष्ठले बताए । ‘जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने कामदारलाई केन्द्रले परामर्श दिन्छ,’ उनले भने । यो वर्ष ३९ जिल्लामा केन्द्र विस्तार गरिने योजना रहेको छ ।

बिचौलियाको अन्त्य
वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायतामा सक्रिय बिचौलियाको अन्त्य भएको छ । बोर्डले स्थानीय तहबाट नै आर्थिक सहायता उपलब्ध गराउन थालेपछि बिचौलिया पूर्ण रूपमा निष्क्रिय भएका छन् । बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार ज्यान गुमाएका कामदारका परिवारले नगरपालिका वा गाउँपालिकामा निवेदन दिन सक्नेछन् । स्थानीय तहको सिफारिसपछि बोर्डले पारिवारका सदस्यको बैंक खातामा आर्थिक सहायता रकम उपलब्ध गराउँछ ।
-नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...