Friday 23rd October 2026

माउण्ट एभरेष्टको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि २० डिसेम्बर मा हुने


तितोपाटी – माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै डिसेम्बर २० तारिक शुक्रबारको दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।

कुवेत नगरीमा सबैभन्दा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार आगामी नेतृत्वले अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ।

उक्त अधिबेशन तथा वार्षिकोत्सबलाई भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम विवरणः
कार्यक्रम: आठौ अधिबेशन तथा वार्षिकोत्सब ।
स्थान : युनिक अडिटोरियम हल फर्वानिया ।
मिति: २० डिसेम्बर २०१९ शुक्रबार ।
समय: बिहान ११ बजेदेखि ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...