Friday 2nd October 2026

माउण्ट एभरेष्टको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि २० डिसेम्बर मा हुने


तितोपाटी – माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै डिसेम्बर २० तारिक शुक्रबारको दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।

कुवेत नगरीमा सबैभन्दा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार आगामी नेतृत्वले अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ।

उक्त अधिबेशन तथा वार्षिकोत्सबलाई भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम विवरणः
कार्यक्रम: आठौ अधिबेशन तथा वार्षिकोत्सब ।
स्थान : युनिक अडिटोरियम हल फर्वानिया ।
मिति: २० डिसेम्बर २०१९ शुक्रबार ।
समय: बिहान ११ बजेदेखि ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...