Monday 27th July 2026

जिफन्ट कुवेतले २९ नोभेम्बरको दिन नेपाली श्रमिकका समस्याहरूबारे अन्तरकृया कार्यक्रम गर्ने


तितोपाटी – प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रिय उपाध्यक्ष विदुर कार्कीको उपस्थितिमा कुवेतमा २९ नोभेम्बरको दिन एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । उक्त कुरा जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन । अन्तरकृया कार्यक्रम कुवेतमा कार्यरत अाप्रवासी नेपाली कामदारहरूका समस्यासँग केन्द्रित रहेर खेतान स्थित राजधानी रेष्टुरेन्टमा अायोजना गर्न लागिएको कुरा जिफन्ट कुवेतका अध्यक्ष  रावतले बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मध्यपुर्व स्थित अाफ्ना शाखाहरूको अनुगमन, निरिक्षण तथा शाखामा अावद्ध श्रमिकहरूलाइ अभिमुखिकरण तालिम दिने शिलशिलामा कुवेत अाउन लागेका जिफन्टका केन्द्रिय उपाध्यक्ष कार्कीको कुवेत भ्रमणको अबसर पारेर जिफन्ट कुवेतले नेपाली श्रमिकहरूका रोजगारसँग सम्बन्धित समस्याहरूबारे जिफन्ट केन्द्रलाइ अवगत गराउने उद्देश्यले यो अन्तरकृया कार्यक्रम गर्न लागेको देखिन्छ ।

श्रमिकका समस्याहरूसँग सम्बन्धित अन्तरकृया कार्यक्रम भएकोले सरकारको प्रतिनीधिको रूपमा नेपाली राजदूतावास कुवेत, समुदायको तर्फबाट कुवेतमा कृयाशिल संघ-सँस्थाका पदाधिकारी एवं प्रतिनीधिहरू तथा श्रमिजीवि नेपालीहरूको तर्फबाट पत्रकारहरू, वुद्धिजीवि तथा समाजसेवी सामाजिक अभियन्ताहरू लगायत कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाइ उक्त अन्तरकृया कार्यक्रममा सहभागी भइ अा-अाफ्ना समस्याहरू बारे जानकारी गराउन तथा श्रमिकहरूको हक, हित र स्तरोन्नतीको लागि एक पक्षिय, द्विपक्षिय तथा बहुपक्षिय रूपमा गर्न सकिने सुधारका कार्यहरू बारे राय, सल्लाह, सुझाब र प्रतिकृया दिनुहुन सबैमा अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ संस्थाले अरू कार्यक्रम नजुधाइदिनुहुन पनि अध्यक्ष रावतले अाग्रह गरेका छन् ।

अन्तरकृया कार्यक्रमको विवरणः
स्थानः राजधानी रेष्टुरेन्टको सभाकक्ष खैतान कुवेत ।
मितिः २०१९ नोभेम्बर २९ तारिक शुक्रबार ।
समयः दिनको ११ बजे देखि ।

स्मरण रहोस, शिक्षाको कमि, कार्यरत पेशामा अनुभवको कमि, भाषिक अप्ठ्यारा लगायतका कारणहरूले गर्दा धेरै जसो नेपाली श्रमिकहरू अरू देशका श्रमिकको तुलनामा जति सस्तो दरमा काम गर्न बाध्य छन् त्यति नै धेरै समस्यामा पनि छन् । ८० को दशक देखि नै नेपाली कामदारहरू कुवेतमा भित्रिएका भए पनि ९० को दशकको अन्तिमतिरबाट कामदार अाउने क्रम बढेको कुवेतमा संगठित क्षेत्र र घरेलु कामदार गरि करिब १ लाखको हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् । दक्ष भन्दा अदक्ष नेपाली कामदारहरू कार्यरत रहेको मध्यपुर्वको देश कुवेत नेपाली श्रमिकहरूको लागि राम्रो गन्तब्य मानिन्छ । कुवेतमा खास गरि व्यक्तिगत प्रयाशबाट अाएका घरेलु कामदार, जेनेरल हेल्पर, क्लिनर, सेक्युरिटी, ड्राइभर जस्ता पदमा धेरै नेपालीहरू श्रम बेच्न अाएका छन् भने अधिकांश श्रमिकहरूले कामको अनुभवको अाधारमा स्तरोन्नती गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...