Monday 29th April 2024

कुवेतमा किरातीहरूको महान चाड उधाैली पर्व डिसेम्बर १३ का दिन मनाइने


तितोपाटी – कुवेतमा किरातीहरूको महान चाड उधाैली पर्व अागामी डिसेम्बर १३ तारिक शुक्रबारका दिन मनाइने भएको छ । कुवेतमा गठन भइ कृयाशिल रहेका ३ किराती सँस्थाहरू किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ को दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा मनाउन लागेको कुरा किरात राइ यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ विगत वर्षहरूमा झैं यस वर्ष पनि ३ किराती संस्थाहरूले संयुक्त रूपमा यो पर्व मनाइ सबै नेपालीहरूमा भाइचारा, भातृत्व र एकता हुनु पर्छ भन्ने सन्देश दिन खोजीरहेका छन् । नेपालको पुर्वी पहाडमा बस्ने किरातहरूको माैलिक पर्वको रूपमा रहेको यो पर्वलाइ किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । राइ किरात, सुनुवार किरात र लिम्बु किरातहरूले परापुर्वदेखि मनाउँदै अाएको उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ ।

भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् । लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

उक्त कार्यक्रम भब्य र सभ्य तरिकाले सफल पार्न नेपाली राजदूतावास, कुवेतमा कृयाशिल किराती तथा गैर किरातीहरु विभिन्न संघ सँस्थाहरू, पत्रकार, समाजसेवी, वुद्धिजीवी कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ समेत कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्दै उक्त दिन कसैले पनि कार्यक्रम नजुधाइ दिनुहुन हार्दिक अनुरोध गरेका छन् ।

उधाैली पर्वको कार्यक्रमको विवरणः
मिति: १३ डिसेम्बर २०१९
बिहान ११ बजे
स्थान: युनिक अडिटोरियम हल फर्वानिया


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...