Sunday 28th April 2024

विदेश पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ


तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए ।लामो समयदेखि फरार रहेको मोरङ पथरी नगरपालिका–१ बस्ने राईलाई महानगरीय अपराध महाशाखाको टोलीले मोरङ उर्लावारीबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ
साभार खबर हब


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...