Friday 2nd October 2026

विदेश पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ


तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए ।लामो समयदेखि फरार रहेको मोरङ पथरी नगरपालिका–१ बस्ने राईलाई महानगरीय अपराध महाशाखाको टोलीले मोरङ उर्लावारीबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ
साभार खबर हब


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...