Monday 28th September 2026

कुवेतमा कार्यस्थलमा नै दुर्घटनामा परि एक नेपाली कामदारको मृूत्यु


तितोपाटी – कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका  भोजपुरका  ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका उपाध्यक्ष समेत रहेका तिलाचन बस्यालले तितोपाटी डट कमलाइ जानकारी गराएका हुन् ।

आरअाईसी कुलेक्स कम्पनीमा कार्यरत मगरको बुधवार दिउँसो काम गरिरहेकै ठाउँमा मृत्यु भएकाे तितोपाटी डट कम सँगको कुराकानीमा बस्यालले बताए । काम सकेर फर्कने समयमा मगर बाहिर नअाएपछि खोजीकार्य गर्दाखेरी नयाँ लिफ्ट राखिने ठाउँमा भुईमा लडिरहेको अबस्थामा मृत भेटिएका थिए ।

पदम बहादुर मगरको निधनको बारेमा नेपाली राजदूतावासमा बुझ्दा श्रम सहचारी ज्ञानेन्द्र शर्माले घटना बारेमा दूतावासलाइ प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै कानूनी प्रकृया पुरा गरि मृतकको शब छिट्टै नै नेपाल पठाउने बताए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...