Thursday 22nd October 2026

कुवेतमा कार्यस्थलमा नै दुर्घटनामा परि एक नेपाली कामदारको मृूत्यु


तितोपाटी – कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका  भोजपुरका  ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका उपाध्यक्ष समेत रहेका तिलाचन बस्यालले तितोपाटी डट कमलाइ जानकारी गराएका हुन् ।

आरअाईसी कुलेक्स कम्पनीमा कार्यरत मगरको बुधवार दिउँसो काम गरिरहेकै ठाउँमा मृत्यु भएकाे तितोपाटी डट कम सँगको कुराकानीमा बस्यालले बताए । काम सकेर फर्कने समयमा मगर बाहिर नअाएपछि खोजीकार्य गर्दाखेरी नयाँ लिफ्ट राखिने ठाउँमा भुईमा लडिरहेको अबस्थामा मृत भेटिएका थिए ।

पदम बहादुर मगरको निधनको बारेमा नेपाली राजदूतावासमा बुझ्दा श्रम सहचारी ज्ञानेन्द्र शर्माले घटना बारेमा दूतावासलाइ प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै कानूनी प्रकृया पुरा गरि मृतकको शब छिट्टै नै नेपाल पठाउने बताए ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...