Tuesday 28th July 2026

गायिका पुजा सुनुवारले प्राप्त गरिन उत्कृष्ट अवार्ड


तितोपाटी-चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् ।गत बिहिबारका दिन काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन ।
केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत ‘नम्सेवल’ (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको छ।
कृष्ण सुनुवारको शब्द,पुष्कर सुनुवारको संगीत तथा उत्तम सुनुवारको भाषानुवाद एवं केशव विश्वकर्माको छायांकन र नवीन सुनुवारको सम्पादन रहेको उक्त गीतलाई गायिका पूजाले भाषा नबुझ्नेहरु लाई पनि नाचौं-नाचौं लाग्ने गरि निकै आकर्षक ढंगले गाएकी छिन् ।उक्त गीत र भिडियोमा विषेश गरि राई,लिम्बू र सुनुवार लगायतका किराँत समुदायले मनाउने मौलिक चाडपर्व उधौली-उभौली र श्याँदर-पिदार (पितृ पूजा) को अवसरमा भेटघाट हुँदा दौँतरीहरु बिच गरिने ख्यालठट्टा र आफ्नो संस्कृतिको बारेमा संक्षेपमा उल्लेख गर्न खोजिएको छ । यस अघि पनि संगीतका विभिन्न विधामा देश-विदेशमा आयोजना भएका राष्ट्रिय तथा अन्तरास्ट्रिय थुप्रै अवार्ड र संमानहरु प्राप्त गरिसकेकी गायिका पूजा सुनुवारको भषाभाषी गीत गायन बाट भने यो दोस्रो अवार्ड हो । यसअघि उनले नेपाल भाषा (नेवारी) गीत बाट पनि सर्वोत्कृष्ट गायिकाको अवार्ड हत्याईसकेकी छिन।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...