Wednesday 24th December 2025

एउटा मुर्ख म, अर्को मुर्ख केपी ओली, त्यही भएर पार्टी एकता भयो : प्रचण्ड


तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको बताएका छन् ।

शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी एकता गरिएको बताएका हुन् ।

‘यो एकता इतिहासको आवश्यक्ता, राष्ट्रको आवश्यक्ता र राष्ट्रिय स्वाधिनताको आवाश्यक्ता र जनताको विकास र सम्मृद्धिको चाहनालाई सम्बोधन गर्ने ऐतिहासिक आवश्यक्तामा उभिएर गरेका हौँ,’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘हामी अहिले देशको नेतृत्व गर्ने जुन ठाउँमा छौँ, त्यो हाम्रा विरोधीले दया वा माया गरेर दिएको होइन । तपाई हामीले रातदिन लडेर र विभिन्न खालका यातना भोगेर, त्याग तपस्या र बलिदानका हजारौँ किर्तिमान कायम गरेर यो अवस्थामा आएका हौँ ।’

संविधान निर्माण र तीनै तहको सरकार निर्माणमा पाएको सफलता नेपाली जनताले पत्याएर नै सम्भव भएको प्रचण्डको दावी छ । उनले पार्टी एकता प्रकृयाले पूर्णता पाउन केही ढिलाइ भएको स्वीकार पनि गरे ।

‘प्रधानमन्त्री केपी ओलीजी र म २–४ घण्टा केन्द्रीत भएर काम गर्न सक्यौँ भने टुङ्ग्याउछौँ,’ प्रचण्डको भनाइ छ ।

उनले पार्टी एकता हुन्छ भन्ने नै धेरैले पहिला नपत्याएको भन्दै आफु र केपी ओली मुर्ख भएर हाम्फालेपछि मात्रै सम्भव भएको पनि स्मरण गरे । ‘दुइजना मुर्ख कमाण्डर मिल्यौँ । दुईजना मुर्खले हामफाल्दियौ । त्यसलाई सबैले मानिदिए । एउटा मुर्ख केपी ओली एउटा मुर्ख म । हामीले दायाँबायाँ नसोचेर यो नै राष्ट्रवादको आवाश्यक्ता हो भनेर हामफालियो । एकता भयो,’ प्रचण्डको भनाइ छ । उनले केपी ओली, प्रचण्ड र ईश्वर पोखरेल के हुन् भन्ने कार्यकर्ताले बुझ्नुपर्ने पनि बताए । उनले नयाँ प्रकृयाबाट कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने आकांक्षामा आफुहरु रहेको भन्दै समाजवादको आधार निर्माण गर्ने सबैको साझा लक्ष्य भएको बताए ।

‘समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा पनि लेखिएको छ र हाम्रो पार्टीले पनि समृद्ध नेपाल र सुखी नेपाली भनेर सरकारले समेत समाजवादको आधार निर्माण गर्ने नै कुरा गरेको हो । चीन भारतसँगको सम्बन्धको कुरा गर्दा पनि हामीले त्यही गरेको हो,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र त्यसअवसरमा भएका सहमतिका साथै सीले नेपाल भुपरिपष्ठित देशबाट अव भुजडित रहन्छ भनेर घोषणा गर्नु नेपालीलाई गर्वको कुरा भएको बताए । ‘यो हाम्रो पिढीलाई मात्रै नभएर अरु आउने धेरै पिढीलाई पनि ठूलो गर्वको कुरा हुन्छ ।’ उनले पार्टीका दश लाख सदस्यले एउटै दृढ संकल्प गरेमात्रै पार्टी एकताको रक्षा गरेर मात्रै विकासको शिखर चुम्न सकिने बताए । ‘संकल्पगत एकता नै आजको आवाश्यक्ता हो । पार्टी एकता गरेर मात्रै राष्ट्रलाई बलियो पार्न सक्छौ ’ उनले विरोधीहरुले नेताहरुलाई लडाउन र फुटाउन हजार दाउ लगाइरहेको भन्दै त्यसरी पार्टीलाई कमजोर बनाउन खोज्नु उनीहरुको धर्म नै भएको बताए ।

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...