Sunday 18th January 2026

अनेसास कुवेतद्वारा ११० औं लक्ष्मी जयन्ती कार्यक्रमको तयारी पुरा


तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आईरहेको हुनाले यस वर्ष पनि महाकबि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउन लागि रहेको कार्यक्रम संयोजक प्रसाद तिम्सीनाले जानकारी दिएका छन। सो अवसरमा कुवेतमा रहेर नेपाली भाषा, कला र साहित्यका क्षेत्रमा कलम चलाउंँदै आएका साहित्य अनुरागीहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै समाचारलाई आधार मानि आफनो रचना लिएर समयमै उपस्थिति भई दिनु हुन् आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अनुरोध गरेको छ ।

तपसिल

मिति :- २५, अक्टुवर, २०१९, शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- न्यौपाने फेमेली रेष्टुरेण्ट जिलिब, कुवेत ।

आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...