Saturday 4th April 2026

रास्कोट सामुदायिक अस्पताललाई शिर्जनशिल युवा समाज कुवेतबाट आर्थिक सहयाेग हस्तान्त्रण


तितोपाटी- न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको फाउण्डेशनमा कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पतालको लागि “शिर्जनशिल युवा समाज कुवेत” द्वारा संकलित ने,रु, १,१५००० (एक लाख,पन्ध्र हजार, ) सहयोग रकम न्युज २४ को कार्यालयमा पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।

कुवेतबासी परोपकारी, मनकारी तथा शिर्जनशिल युवा समाज कुवेतको सहयोगी मनहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम अभियानका अभियन्ताहरु, समाजका अध्यक्ष पुष्कर सिंह धामि, सह- सचिव बिस्वराम तिमिल्सेना,सदस्य नन्दसिंह धामी, तथा प्रतिनिधिहरुको उपस्थितिमा गत सेप्टेम्बर महिनाको २५ तारिखको दिनमा हस्तान्तरण गरिएको हो ।

देशकै दुर्गम कालिकोट जिल्लामा निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक डिजिटल अस्पताललाई आर्थिक साहायता दिलाउन कुवेतबाट शिर्जनशिल युवा समाजको पहलमा रास्कोट अस्पताल सहयोग अभियान सुरु गरिएको थियो। सहयाेग अभयान चलाउने क्रममा कुवेतमा रहेका संघ संस्थाहरु, समाजिक मनका धनि विभिन्न ब्यक्ति तथा समाजसेवि दाजुभाई दिदिबहिनिहरु सबैले सक्दाे सहयाेग गरि शिर्जनशिल युवा समाजले चलाएकाे अभियानमा ठुलाे साथ र सपाेर्ट दिएकाे साेहि संस्थाका अध्यक्ष पुष्कर सिंहले जानकारि दिएका छन्।त्यस्तै उक्त अभियानमा आफुलाई विशेष साथ दिने, नेपाल कुवेत सराेकार समाज, र शुदुरपश्चिमेलि नेपाली समाज कुवेत र अन्य सहयाेगी संस्थाहरु लगाएत ब्यक्तिहरुलाई पनि हृदय देखि आभार ब्यक्त गर्दै धन्यवाद दिएका छन्।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...