Wednesday 14th January 2026

अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित


तितोपाटी- प्रवासमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज विहान सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन् । यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए ।

यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक, एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो । आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए । अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...