Monday 12th October 2026

बरंजा भूपू बिद्यार्थी क्लबद्वारा बडा दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका-३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयका भूपू बिद्यार्थी क्लबद्वारा नेपालीहरुको महान चाड बडा दशै, दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वर्तमान उपाध्यक्ष दिनेश साप्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगला गाउँपालिकाको अध्यक्ष सट प्रसाद रोका, विशिष्ट अतिथि मंगला गाउँपालिका ३ का वडा अध्यक्ष कबिन्द्र रोका, अतिथिहरुमा सहायक जिल्ला वन अधिकृत चन्द्रमनि साप्कोटा, भूत पूर्व अध्यक्ष एवम् वर्तमान सल्लहकार दिल बहादुर बुढाथोकी, विद्यालय प्र. अ कृष्णलाल सापकोटा , भूत पूर्व अध्यक्ष दीपक सापकोटा, अविभावक संघका अध्यक्ष खिमनाथ सापकोटा, मोना यूकेका सदस्य भक्त बहादुर रोका रहेका थिए ।
उक्त कार्यक्रममा पदम विश्वकर्माले स्वागत मन्तव्य द्वारा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई वडा दशैको शुभकामना सहित स्वागत गरेका थिए । भने
शंकर साप्कोटाले कार्यक्रम संचालन गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा भुतपूर्व बिद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बडा दशैको शुभकामना सहित गत वर्षको कार्यक्रममा चन्द्रमनि साप्कोटाले बोलेका केही वाचाहरु केही हद सम्म भए पनि पूरा गर्न सफल भएको बताएका थिए । गा.पा अध्यक्षले विद्यालयलाई अगाडि बढाउन प्र. अ को जिम्मेवारी महत्त्वपूर्ण भूमिका हुने साथै गा.पा. बाट विद्यालयको आवस्यकता अनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । साथै अन्य अतिथिहरुले पनि वडा दशैको शुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए ।
बरंजा भूपू बिद्यार्थी क्लबले विभिन्न समयमा हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथिले भुतपूर्व बिद्यार्थी क्लबको कार्यलाई उच्च मुल्यांकन गर्नुको साथै क्लबको लागि हरदम सहयोग गर्नको लागि पनि पछि नपर्ने बताएका थिए ।
अन्त्यमा कार्यक्रमका सभापति दिनेश साप्कोटाले कार्यक्रम समापन गर्दै भब्य र सब्य रुपमा कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्ण महानुभावलाई हार्दिक धन्यवाद प्रकट गर्दै महेन्द्र रत्न माध्यामिक बिधालयका सम्पूर्ण भुतपूर्व बिद्यार्थीहरुलाई एक्यवद्धता गरि अगाडी बढ्ने बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...