Thursday 27th August 2026

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाब, अपरान्ह सम्म राजीनामा आउन सक्ने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाब दिएका छन् ।

आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। त्यसअघि साभमुख महरा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाल र महराबीच छुट्टा छुट्टै छलफल भएको थियो।

उनलाई नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन्। यसबारे छलफल गर्न अहिले सचिवालय बैठक बोलाइएको नेकपाले जनाएको छ। सचिवालय बैठकमा यो विषयमा छलफल हुने बताइएको छ। यसका लागि सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...