Tuesday 14th May 2024

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाब, अपरान्ह सम्म राजीनामा आउन सक्ने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाब दिएका छन् ।

आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। त्यसअघि साभमुख महरा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाल र महराबीच छुट्टा छुट्टै छलफल भएको थियो।

उनलाई नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन्। यसबारे छलफल गर्न अहिले सचिवालय बैठक बोलाइएको नेकपाले जनाएको छ। सचिवालय बैठकमा यो विषयमा छलफल हुने बताइएको छ। यसका लागि सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको…

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ…

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले…

प्रतिकृयाहरू
...