Monday 30th March 2026

आदर्श मा.बि.का शिक्षक र बिधार्थीले गरे देउराली मन्दिर परिसर सरसफाई


तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, ७ स्थित रहेको सुपादेउरालीको देउराली मन्दिर परिसरमा पूर्ण सरसफाई अभियान थालेको छ।

हिजो मंगलवारको दिन पारी श्री आदर्श मा.बि.विद्यालयमा अध्ययनरत बिधार्थी, र सोहि विद्यालयका शिक्षक हरुको सयुक्तरुपमा सरसफाई कार्यक्रम गरेको समाज सेवी तथा सोहि विद्यालयका शिक्षक समेत रहेका अभियानकर्ता गणेश थापाले जानकारी दिएका छन्।  थापाले आगामी चैत्र सम्म सन्धिखर्क ७ लाइ पुर्णरुपमा सरसफाइ युक्त वार्ड बनाउने लक्ष रहेको बताए।

सन्धिखर्क नगरपालिका वडा ७ मा अवस्थित उक्त मन्दिरमा दिनौ भक्तजनको भिड लाग्ने गर्दछ। सोहि भीडका कारणले गर्दा मन्दिर परिसरमा फोहोर हुनेभएकोले, बातावरण स्वच्छ रहनु पर्छ भन्दै बिधालयले सरसफाई अभियान थालेको बताउदै उक्त विद्यालयका बिधार्थी, शिक्षक, र समाजसेवी लगायतको संयुक्त सरसफाई कार्यक्रमले फोहोरलाई व्यवस्थित गरेका छन्।संकलन फोहोरलाई बिधार्थिले कुहिने र नकुहिने छुटाई बेग्ला बेग्लै खाल्डोमा पुरेका छन्। उक्त अभियानमा क्लब, आमा समुह, विभिन्न दलका प्रतिनिधिहरुको सहभागी रहेको थियो।

वातावरणले मानिसको जन्मने, हुर्कने तथा व्यक्तित्व विकासमा प्रभाव पारिरहने हुँदा स्वस्थ जिवनका लागी स्वच्छ वातावरणको आवश्यकता पर्ने भएकोले खाँची विद्यालयले “वातावरण स्वच्छ राखौँ” भन्ने अभियानका साथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको र विद्यालयका विद्यार्थीहरुको सानो प्रयासले सफा राख्न मद्धत  पुगेको र अब आफ्नो गाउ घर आँगन आफैले सफा गर्नुपर्छ भन्ने जनचेतना जागोस भनेर यो कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल दिल्ली थापाको भनाइ छ । स्कुलद्वारा आयोजीत खाँचीमैदान देखी सुपादेउराली सम्मको उक्त सरसफाई कार्यक्रम पछि बिधार्थीहरुले सरसफाई अभियानको बोलको गितद्वारा सरसफाई यसरी गर्नुपर्छ भन्ने सन्देश मुलक सहितको नृत्य प्रस्तुत संगै अभियानलाई समापन गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...