Wednesday 14th January 2026

बलियो कुवेतसँग नेपालको बराबरी


तितोपाटी-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ ।

पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दीले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ७४ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डन सँग ७-० ले पराजित भएको थियो । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...