Thursday 1st October 2026

चिनिया विदेशमन्त्री ३ दिने नेपाल भ्रमणमा


तितोपाटी – चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

उनले सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने छन् । विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ।

यसैगरी, विदेशमन्त्री यीले नेपालको विशेष प्राकृतिकस्थल भ्रमण गर्न चाहेकोमा सम्भवत मुस्ताङको जोमसोम जान सक्ने संभावना देखिएको छ। विदेशमन्त्रीको इच्छाअनुसार, सोमबार बिहान चार्टड फ्लाइटमा जोमसोम गएर काठमाडौं फर्कने प्रारम्भिक तयारी भइरहेको स्रोतले जानकारी दियोतर मौसमको अनुकुल स्थिति हेरी जोमसोम यात्राको टुङ्गो लाग्नेछ,’ स्रोतले भन्यो। विदेशमन्त्री यी मंगलबार दिउँसो विशेष विमानबाट बेइजिङ फर्कनेछन्।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...