Friday 3rd April 2026

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा


तितोपाटी- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई ९ सय ३४ को फराकिलो मतलले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत प्राप्त गरेका थिए । यसैगरी प्रथम उपाध्यक्षमा उत्तम गुरुङ विजयी भएका छन् भने द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भए । त्यस्तै महासचिवमा पदम गिरि विजयी भएका छन् भने सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन् । कोषाध्यक्षमा विनोद प्रसाद बसौला र सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् । युवा संयोजकमा रविन मगर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए । सदस्यहरुमा गजेन्द्र राई, सुनिल कुमार घिमिरे, केशव राज कार्की, ओम बहादुर क्षेत्री (सन्तोष क्षत्री), केशव प्रसाद खनाल, गोपाल खतिवडा, नरेश श्रेष्ठ, राजु राई, ज्वाला शाही, झविन्द्र आचार्य, घनश्याम जैशी, बालकृष्ण न्यौपाने, अवधेश कुमार मण्डल, अव्दुल खालिक शेख, सेवक विक, संजय रजक, शेख अव्दुल राजिक, मो.सकिल अहमद विजय भएका छन् । यस्तै लेखा संयोजकमा मुक्तार आलम, लेखा सदस्यमा कविन्द्र कँडेल र लेखा सदस्य पुरुषोत्तम लामिछाने जियी भएका छन् ।त्यस्तै आईसीसी सदस्यमा ४ जना विजयी भएका छन् । जसमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...