Saturday 24th October 2026

तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने पक्राउ


तितोपाटी- तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका थिए। सेक्युरेटी गार्डमा मासिक १२ सय अमेरिकी डलर तलव हुने आश्वासन देखाएर उनले रकम लिएर ठगी गरेका थिए। रकम लिएपछि सम्पर्कबिहिन भएका उनलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

तामाङ अहिलेसम्म ४ जनाबाट ३ लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पक्राउ परेका तामाङ गाडी चालक हुन्।
साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...