Thursday 16th July 2026

लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन सम्पन्न


तितोपाटी- लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन हिजो शुक्रवारका दिन कुवेतको जिलिब स्थित पपिंस हलमा सम्पन्न भएको छ । त्यस्तै अधिवेशनले अध्यक्षमा रमेश पालपाली लाई सर्वसहमत चुनेको छ।

प्रमुख अथिती बिषेस अथितीहरूको संयुक्त हस्तबहालिमा दीप प्रजलन तथा राष्ट्रिय गीत गाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो।
अधिवेशनमा प्रमुख अतिथी नेपाली दूतावास कुबेतका महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीको रहेको थियो भने समाजका अध्यक्ष रमेश पाल्पालीको सभापतित्व सम्पन्न अधिवेशनमा अशोक ओस्तिले स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए त्यस्तै सस्थाको गतिविधि बारे संरक्षक राजु कार्कीले प्रष्टयाएका थिए सोही अवसरमा समाजलाइ सहयोग पुर्याएको भन्दै खोप गुरुङ्ग, राम बस्नेत, र राम लामा घलान, साबित्रा गैरे, तथा थमन रास्कोटिलाई सम्मान गरिएको थियो।

सोही अवसरमा यसरीनै बिभिन्न बैचारिक तथा समाजिक सस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तब्य राखेका थिए ।शुभकामना मन्तब्यकै क्रममा अधिवेशन सफलताको कामना गर्दै महामहिम राजदुत भन्डारी, एन आर एन ए कुबेतका अध्यक्ष सुजन केसि, पत्रकार खुम रायमाझी,  सरोकार समाजका अध्यक्ष राम ब तामाङ, समाजसेवि खोप गुरुङ, राम बस्नेत, झबिन्द्र बन्जाडे, सुमित्रा पौडेल, लगायतले शुभकामना ब्यक्त गरेका थिए।

चौथो अधिवेशनबाट रमेश पाल्पालीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गर्दै समाजको अधिवेशनले बिगत वर्षको कार्य समीक्षाका साथै विविध विषयमा व्यापक छलफल गरेको छ।

कार्यक्रम अधिवेशन भएपनि माहोल सास्कृतिकमय भएको थियो जस्मा कलाकार हरु वसन्त परियार, साबित्रा गैरे र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका कलाकारहरु लगायतका कलाकारले प्रस्तुत गरेको सांगीतिक प्रस्तुति नृत्य,गायनमा दर्सकहरु झुमेका थिए। सस्थाको चौथो अधिबेसन बाट चुनिएर आएको नया कार्यसमिति यस प्रकार रहेको छ।

अध्यक्ष रमेश नेपाली पाल्पाली, प्रथम उपाध्यक्ष नेत्रपेमी मगर, उपाध्यक्ष सागर न्यौपाने महिला उपाध्यक्ष सान्ता भन्डारी महासचिव असोक ओस्ति, सचिब बिष्णु प्रसाद पान्डेय कोसाध्यक्ष थमन रास्कोटि सहकोसाध्यक्ष साबित्रा गैरे सदस्यहरुमा हरि गैरे रमन नेपाली बल बहादुर कुमाल सुनिता परियार जमुना गिरी वसन्त परियार हेमन्त बहादुर नगरकोति गोबिन्द न्यौपाने सन्तोस कुमार पुन मित्र खत्री रिता ठकुरी, रहेका छन् भने, प्रवक्तामा दयानिधी काफ्ले, प्रमुख अभियन्ता एच पि खत्री,रहेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...