Friday 2nd October 2026

घरेलु कामदारको प्रश्न:श्रम स्वीकृति कहिले


तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री गोकर्ण विष्टले घरेलु काममा रहेकाहरुलाई पुनः श्रम स्वीकृति दिने तयारी गरेपनि संसदीय समितिले वन्देजका विषयमा कुनै निर्णय गर्न नसक्दा सो रोकिएको छ । मन्त्री सहित संसदीय समितिमा यसअघि केहि पटक छलफल भएपनि वन्देज हटेको छैन । मन्त्री विष्टले संसदीय समितिमा वन्देज खोल्ने गरी मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए । सो विषयमा समितिबाट आवश्यक निर्णय गरिने आश्वासन दिएको महिनौं वितिसकेको छ ।

सरकारले पुनः श्रम स्वीकृति नखोल्दा खाडीका मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत हजारौं नेपाली महिला तथा पुरुषहरु घर आउन पाएका छैनन् । यसले परिवारसँग भेटघाट गर्न पाउने उनीहरुको अधिकार हनन मात्र भइरहेको छैन, मानविय रुपमा समेत यो अन्यायपूर्ण देखिएको छ । परिवारका सदस्य विरामी हुँदा समेत वन्देजका कारण पुनः रोजगारीमा जान नपाउने त्रासका कारण उनीहरु स्वदेश आउन सकिरहेका छैनन । नयाँको हकमा राज्यले पर्याप्त गृहकार्य गरेर निर्णय गर्न सक्छ । तर जो यसअघि पनि घरेलु कामदारकै रुपमा रोजगारीमा छ उसले आफ्नो रोजगारदाता राम्रो रहेकै कारण पुनः सोही रोजगारदाताकोमा जाने निर्णय गर्दछ । तसर्थ यस विषयमा निर्णय गर्न ढिलाई गर्नु जायज होइन ।

साभार देश परदेश 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

जापानको ओसाकास्थित अस्पतालमा गम्भीर मुटुरोगबाट पीडित ५० वर्षीया महिलाको iPS स्टेम सेलबाट तयार गरिएको मुटुको मांसपेशी प्रयोग गरी विश्वकै पहिलो…

प्रतिकृयाहरू
...