Tuesday 20th January 2026

घरेलु कामदारको प्रश्न:श्रम स्वीकृति कहिले


तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री गोकर्ण विष्टले घरेलु काममा रहेकाहरुलाई पुनः श्रम स्वीकृति दिने तयारी गरेपनि संसदीय समितिले वन्देजका विषयमा कुनै निर्णय गर्न नसक्दा सो रोकिएको छ । मन्त्री सहित संसदीय समितिमा यसअघि केहि पटक छलफल भएपनि वन्देज हटेको छैन । मन्त्री विष्टले संसदीय समितिमा वन्देज खोल्ने गरी मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए । सो विषयमा समितिबाट आवश्यक निर्णय गरिने आश्वासन दिएको महिनौं वितिसकेको छ ।

सरकारले पुनः श्रम स्वीकृति नखोल्दा खाडीका मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत हजारौं नेपाली महिला तथा पुरुषहरु घर आउन पाएका छैनन् । यसले परिवारसँग भेटघाट गर्न पाउने उनीहरुको अधिकार हनन मात्र भइरहेको छैन, मानविय रुपमा समेत यो अन्यायपूर्ण देखिएको छ । परिवारका सदस्य विरामी हुँदा समेत वन्देजका कारण पुनः रोजगारीमा जान नपाउने त्रासका कारण उनीहरु स्वदेश आउन सकिरहेका छैनन । नयाँको हकमा राज्यले पर्याप्त गृहकार्य गरेर निर्णय गर्न सक्छ । तर जो यसअघि पनि घरेलु कामदारकै रुपमा रोजगारीमा छ उसले आफ्नो रोजगारदाता राम्रो रहेकै कारण पुनः सोही रोजगारदाताकोमा जाने निर्णय गर्दछ । तसर्थ यस विषयमा निर्णय गर्न ढिलाई गर्नु जायज होइन ।

साभार देश परदेश 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...