Wednesday 28th January 2026

कतारमा नेपालीमाथि सांघातिक आक्रमण एकको मृत्यु, पाँचजना घाइते


तितोपाटी- कतारको दोहास्थित जैदा पार्कमा नेपालीहरूमाथि आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। सोही घटनामा परी अन्य ५ जना समेत घाइते भएका छन्। मंगलबार साँझको सो घटनामा परी मृत्यु हुनेमा सुनसरीका तबरेज अन्सारी भएको दोहास्थित नेपाद्यी राजदूतावासले जानकारी दिएको छ।

उनको शव हाल दोहाकै हमाद अस्पतालमा राखिएको जानकारी दिइएको छ।घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर रहेको र उनको हमाद अस्पतलामै भइरहेको छ।अर्का घाइते इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था भने खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

यस्तै अकबर मियाँ र महसुद अन्सारी सामान्य घाइते भएका छन्। उनीहरुलाई दूतावासको पहलमा प्रहरीको हिरासतमुक्त गराइएको छ।घटनाका सम्बन्धमा दूतावासले ध्यानाकर्षण भएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...