Friday 13th March 2026

सन्दीपलाई अमेरिकी दूतावासले ‘रिभ्यू’का लागि बोलायो


तितोपाटी- विश्वचर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दिउँसो फेरि बोलाएपछि सन्दीप दूतावास पुगेका छन्।

उनका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप अहिले (मंगलबार दिउँसो) अमेरिकी दूतावासमै छन्।क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मेन्सन गरेका थिए। उनले अमेरिकी राजदूत र दूतावासलाई पनि ट्विटमा मेन्सन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...