Wednesday 14th January 2026

सन्दीपलाई अमेरिकी दूतावासले ‘रिभ्यू’का लागि बोलायो


तितोपाटी- विश्वचर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दिउँसो फेरि बोलाएपछि सन्दीप दूतावास पुगेका छन्।

उनका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप अहिले (मंगलबार दिउँसो) अमेरिकी दूतावासमै छन्।क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मेन्सन गरेका थिए। उनले अमेरिकी राजदूत र दूतावासलाई पनि ट्विटमा मेन्सन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...