Tuesday 12th August 2025

यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर


तितोपाटी- युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि इटाली जाने गर्छन् ।

इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको पीआरका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरुले आवेदन पनि दिने गरेका छन् ।

कसले पाउँछन् इटालीको पीआर ?

इटालीले दुई वर्गीकरणमा पीआरको व्यवस्था गरेको छ । युरोपेली युनियनका सदस्य मुलुक तथा अन्य युरोपेली मुलुकका नागरिकलाई दिइने पीआर र युरोप बाहिरका मानिसहरुलाई दिइने पीआरको किसिम पनि फरक छ ।नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकले प्राप्त गर्ने पीआर पाउन अन्य युरोपेली मुलुकका नागरिकले भन्दा केही बढी प्रक्रिया पुर्‍याउनुपर्छ । त्यस्तै, इटालीले आर्थिक समस्याका कारण मुलुक छाडेर इटाली पुगेका आप्रवासीलाई पीआर दिँदैन । इटालीको पीआरका लागि निम्न योग्यता पुगेको हुनुपर्छ इटालीमा कम्तीमा ५ वर्ष बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआर आवेदकले आफू इटालीमा आउँदा प्राप्त गरेको अस्थायी बसोबास अनुमतिपत्र पेश गर्नुपर्छ ।

– कानूनी प्रक्रिया पूरा गरी इटाली आएको निश्चित गर्नुपर्छ । यसका लागि आफू इटाली आउँदा विमानस्थलको प्रहरी कार्यालयले जारी गरेको दर्ता प्रमाणपत्र पेश गर्नुपर्छ । पीआरका आवेदन दिने बेला इटालीमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । यसका लागि वैध अस्थायी ठेगाना वा भाडामा बस्दा गरेको सम्झौता पेश गर्नुपर्छ । इटालीमा आफ्नै कमाईमा स्वाबलम्बी रहेर बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआरको आवेदन दिँदा आफ्नो तलब, कर, रोजगारदाताको सम्झौताको विवरण पेश गर्नुपर्छ ।

 इटालीमा बसोबास गरिरहेको गरेर पीआरका लागि आवेदन दिने आवेदक विगतमा कुनै आपराधिक वा गैरकानूनी कार्यमा संलग्न हुनुहुन्न । त्यस्तै, आवेदकले सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा खतरा नपुर्‍याउने भनी स्थानीय प्रशासनले प्रदान गर्ने प्रमाणपत्र पेश गर्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...