Saturday 14th March 2026

भोजपुरमा बस दुर्घटना हुँदा ७ जना घाइते, ३ को अबस्था गम्भीर


तितोपाटी – भोजपुरबाट विराटनगरका लागि छुटेको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णबाट छुटेको मे १ ख ३१६४ नम्बरको यात्रुबस भोजपुर नगरपालिका- ३ र ४ को सिमानामा पर्ने चप्पिरे खोलास्थित सडकखण्डमा अनियन्त्रित भई ठोक्किएको थियो।

आइतबार बिहान करिब साढे ७ बजेतिर सडकको भित्तामा ठोक्‍किएपछि चालकसहित बसमा सवार १२ जनामध्ये ७ जना घाइते भएका छन्। ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर ३ जनालाई थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए।झापा हल्दिवारी ५ का ३० वर्षीय सहचालक अर्जुन लिम्बू, भोजपुर नगरपालिका ३, सिद्देश्वरकी २२ वर्षीया संगीता प्रधान र रतुवामाई नगरपालिका ७, मोरङकी २१ वर्षीया सविना गौतम भट्टराईलाई उपचारका लागि धरान लगिएको हो।

यस्तै दुर्घटनामा भोजपुर नगरपालिका ३, सिद्देश्वरकी २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ घाइते भएका छन्।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बसमा सवार इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णकी ५५ वर्षीया गंगादेवी राई, र बसचालक इलाम घर भएका सन्तकुमार फागोलाई सामान्य चोटपटक लागेको छ। घटनापछि चालक सन्तकुमारलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...