Monday 21st September 2026

भारतीय पुर्व विदेशमन्त्री सुश्मा स्वराजको ६७ वर्षको उमेरमा निधन


तितोपाटी – भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। १४ फेब्रुअरी १९५२ मा जन्मेकी ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।

उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ।

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।  २६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। १९७७ मा उनी हरियाणाबाट चुनाव जितेर विधायक बनेकी थिइन् । १९७९ मै चाैधरी देवीलालको मन्त्रीमण्डलमा २५ वर्षको उमेरमा श्रममन्त्री बनेर भारतको इतिहासमा सबैभन्दा कम उमेरमा मन्त्री बनेको रेकर्ड बनाएकी स्वराज दिल्लीको पुर्वमुख्यमन्त्री हुन् ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...