Thursday 15th January 2026

भारतीय पुर्व विदेशमन्त्री सुश्मा स्वराजको ६७ वर्षको उमेरमा निधन


तितोपाटी – भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। १४ फेब्रुअरी १९५२ मा जन्मेकी ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।

उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ।

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।  २६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। १९७७ मा उनी हरियाणाबाट चुनाव जितेर विधायक बनेकी थिइन् । १९७९ मै चाैधरी देवीलालको मन्त्रीमण्डलमा २५ वर्षको उमेरमा श्रममन्त्री बनेर भारतको इतिहासमा सबैभन्दा कम उमेरमा मन्त्री बनेको रेकर्ड बनाएकी स्वराज दिल्लीको पुर्वमुख्यमन्त्री हुन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...