Thursday 2nd April 2026

कुवेतमा नेपाल र उज्बेगिस्तान बिच अगस्ट-५ मा बक्सिङ प्रतिस्पर्धा हुँदै


तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन ।

नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिकसम्म हुनेछ ।

युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो । उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडीहरुको उपस्थिति रहेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगा यत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे भित्र बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिको लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले आग्रह गरेका छन ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...