Sunday 21st December 2025

कुवेतमा नेपाल र उज्बेगिस्तान बिच अगस्ट-५ मा बक्सिङ प्रतिस्पर्धा हुँदै


तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन ।

नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिकसम्म हुनेछ ।

युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो । उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडीहरुको उपस्थिति रहेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगा यत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे भित्र बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिको लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले आग्रह गरेका छन ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...