Thursday 12th March 2026

बेचविखनमा घरेलु महिला कामदारको ठुलो संख्या


तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो ।

सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी बेचविखनमा परेका मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु महिला कामदार छन् भनें १७ दशमलव ४ प्रतिशत फ्याक्ट्री वर्कर तथा सोही प्रतिशतमा निर्माण क्षेत्रमा काम गर्न गएका श्रमिक देखिएको छ । ५१ वटा घटना अध्ययन मध्ये ४६ जना व्यक्ति मानव बेचविखनको शिकार भएको देखिएको हो ।

यसरी बेचविखनमा परेका मध्ये ठूलो संख्या घरेलु महिला कामदारको देखिनुमा सरकारले लगाएको बन्देज नै कारण हुन सक्ने आप्रवासी महिलाहरुको संस्था आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले बताइन् । उनले घरेलु काममा जान सरकारले लगाएको बन्देजका कारण जोखिम अझ बढेको भन्दै यसमा पुनर्विचार गरिनुपर्ने धारणा राखिन् । अध्ययनले मानव वेचविखनलाई नियन्त्रण गर्न अन्तराष्ट्रिय कानून तथा अभिसन्धिहरु अनुमोदन गर्न र नेपालको कानुनलाई पनि समय सापेक्ष बनाउँदै कारवाहीलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ ।

सो अवसरमा बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले अध्ययनले सरकारले गर्नुपर्ने कामका विषयमा प्रष्ट सुझाव दिनुपर्ने धारणा राखे । उनले विगतमा विभागका तर्फबाट के कस्तो काम भयो भन्न नसक्ने भन्दै आफ्नो कार्यकाल सुरु भएपछि भनें पीडितलाई न्याय दिने हिसावले काम गर्न केन्द्रीत रहेको बताए । अध्ययनको अन्तिम रुप तयार पार्दा गर्नुपर्ने सुधारका विषयमा अनुसन्धानकर्मीहरु, अधिकारकर्मीहरु तथा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...