Wednesday 1st April 2026

कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका – ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन ।

मृतक कुल बहादुरकाे शवलाइ प्रहरीले पोस्टमार्टमको लागि लिएर जाने तयारी गरेको तितोपाटीलाई  जानकारी प्राप्त भएको छ ।

उनी हिस्को कम्पनिमा रोजगारीको शिलसिलामा झण्डै ३ वर्ष पहिले कुवेत आएका थिए । बिगत १४ महिना देखि अबैधानिक भइ काम गर्दै आएका थिए । कुल बहादुरकाे मृत्युको बारेमा नेपाली राजदूतावास कुवेतमा सोधनी गर्दा दूतावासकी द्वित्तिय सचिव जानकी ओझाले नेपाली कामदारको मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै अन्य कागजात र जानकारी प्राप्त भएपछि आवश्यक प्रकृया पुरा गरी शब नेपाल पठाउने ब्यवस्था गरिने बताइन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...