Friday 20th March 2026

सुनिल थापाको एक्सन प्रधान चलचित्र “रे” साउन २४ गतेबाट प्रदर्शनमा


तितोपाटी – साउन २४ गतेबाट चलचित्र ‘रे’ रिलिज हुने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरअनुसार खलअभिनेता सुनील थापा यो फिल्ममा डनको रूपमा प्रस्तुत भएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेमसम्बन्धमा सुनील थापा बाधक बनेको यसमा देखिन्छ।

ट्रेलरअनुसार नवअभिनेता दिवस यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन्। ट्रेलरलाई ओएसआर डिजिटलको युट्युज च्यानलबाट रिलिज गरिएको हो। दिनेश पौडेलको लेखन निर्देशन रहेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ। एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ।

यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन्। यो फिल्ममा सुनील थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाइली, रक्षा गुरागाईं, अभिषेक जोशीको अभिनय छ। फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ।

कुमार श्रेष्ठको द्वन्द्वनिर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश विशंखेको सम्पादन, महेन्द्र थापाको छायांकन यो चलचित्रमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...