Tuesday 31st March 2026

कुवेत आएकी खोटाङकी धुर्व कुमारी राइ १ वर्षदेखि वेपत्ता


परिवारद्वारा खोजीका लागि आग्रह

तितोपाटी – तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् ।

घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ वर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् । एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्थाबारे पत्ता लगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतका स्थानीय पत्रकार तथा कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।

यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्ब कुमारी राईलाई देख्नु भएमा र चिन्नु भएको छ भने नेपाली दूतावास कुवेत:- ‭98869121‬ मा खबर गरिदिनु होला ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...