Wednesday 26th November 2025

पर्यटनमन्त्रीमा योगेश भट्टराई, आजै सपथग्रहण हुँदै


तितोपाटी- सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो। सरकारले नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइलाइ मन्त्री परिषदमा समेट्न लागेको हो ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बतायो। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नाम नखुलाई ट्विटरमा संकेत गरेका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए। अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो।

भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गरेका थिए। भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरेका थिए भने दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन्। ०६४ र ०७० सालको दुवै संविधानसभाको चुनावमा उनी काठमाडौंबाट पराजित भएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...