Monday 11th August 2025

गुल्मी सत्यवतीका पहिरो पीडितलाई कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग


राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग सो रकम संकलन गरेका हुन् ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा यही ६ गते सोमबार राती परेको भिषण वर्षाका कारण पहिरो जाँदा १३ जनाको ज्यान गएको र सिंगो गाउँ नै बिस्थापित भएको हुँदा सो ठाउँमा भएको प्राकृतिक बिपद्मा केही मल्हम लगाउने उद्देश्यका साथ कुवेतमा रहेका गुल्मिली युबा सरोज ज्ञवाली, लक्ष्मण ज्ञवाली, दुर्गा भट्टराई, प्रकास खत्री र  गणेश बोहोराको संयोजकतामा एक दिने सहयोग अभियान संचालन गरि कुवेतमा रहेका नेपाली जनसमुदायबाट ६१ हजार २ सय ५८ रुपैया संकलन गरि गुल्मी सत्यवती गाउँ पालिका वडा नम्बर ४ का वडाअध्यक्ष दान बहादुर राना मार्फत पहिरोमा परेका पीडितलाई राहत पठाएको संकलनका संयोजक सरोज ज्ञवालीले जानकारी दिएका हुन ।

जम्मा ४ जना युवाको पहलमा एक दिन मात्रै सहयोग संकलन गरेर मातृभूमिका पीडितलाइ सकेको सहयोग पठाएका यि युवाहरूले देशमा कुनै पनि बिपत्ति पर्दा जिम्मेवार नागरिकको हैसियतले तन मन देखि नै दत्तचित्त भएर लागि परे मानविय र सामाजिक सेवा गर्न संघ सँस्था नै हुनु पर्छ भन्ने छैन , आम ब्यक्तिले पनि आर्थिक राहत संकलन गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । अन्तरमनदेखि सहयोगी भावना लिएर पुन्य कार्य गरे लामो समय अभियान नचलाइ छोटो समयमा पनि मनग्गे सहयोग उठाउन सकिन्छ भन्ने कुरा पनि नेपाली समुदायलाइ यी युवाहरूले पाठ सिकाएका छन् ।

सहयोग दाताहरूको नामावाली जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...