तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ ।
‘मेरो राजै’ नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले नै भरेका हुन् भने शब्द सबै नेपाली सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल सर्जक रमेश बि.जी ले भरेका छन् । निकै उत्कृष्ट ढंगले तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा शंकर बि.सी र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । शंकर बि.सी द्वारा निर्देशित भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन्, कृष्ण बिकको संगीत रहेको छ । भने सम्पादन नबिन घर्ति मगरले भरेका छन् ।