Friday 27th March 2026

गायिका गायत्री थापाको तिज गित “नाचौँ दिदी बहिनी”सार्वजनिक (भिडियो सहित)


तितोपाटी- हिन्दु नारीहरुको महान चाड तिज नजिँकिदै गर्दा विभिन्न खालका तीज गीत बजारमा सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा चर्चित गीतकार गायत्री थापाको शब्द तथा गायिका सर्मिला गुरुङ र राधा हमाल बाँनियाको स्वर रहेको तिज गीत ‘नाचांै दिदी बहिनी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थपूर्ण छन् । पछिल्लो समय तीज गीतमा विभिन्न खालका तडक भडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ । तर ‘नाचौं दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मनपराउने, बुझ्ने खालका शब्द छन् । गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । विकास ज्ञवालीको सम्पादन रहेको भिडियो वीरेन्द्र भट्टले सम्पादन गरेका हुन् । नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’ बाट केही पहिले विभूषित समेत भएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...