Monday 12th January 2026

गायिका गायत्री थापाको तिज गित “नाचौँ दिदी बहिनी”सार्वजनिक (भिडियो सहित)


तितोपाटी- हिन्दु नारीहरुको महान चाड तिज नजिँकिदै गर्दा विभिन्न खालका तीज गीत बजारमा सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा चर्चित गीतकार गायत्री थापाको शब्द तथा गायिका सर्मिला गुरुङ र राधा हमाल बाँनियाको स्वर रहेको तिज गीत ‘नाचांै दिदी बहिनी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थपूर्ण छन् । पछिल्लो समय तीज गीतमा विभिन्न खालका तडक भडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ । तर ‘नाचौं दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मनपराउने, बुझ्ने खालका शब्द छन् । गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । विकास ज्ञवालीको सम्पादन रहेको भिडियो वीरेन्द्र भट्टले सम्पादन गरेका हुन् । नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’ बाट केही पहिले विभूषित समेत भएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...