Monday 12th January 2026

नायिका पुजनाको अभिनयमा “तीजैमा ब्रत बसी” तिज गित सार्वजनिक(भिडियो सहित)


तितोपाटी- गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो ’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीता लगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीत मौलिक तीज गीत रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए । नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ ।

-साभार मिलाप


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...