Monday 12th January 2026

आइडल विजेता रवि ओडको नयाँ गीत ‘उजाड यो’सार्वजनिक(भिडियो सहित)


तितोपाटी -सुमधुर स्वरका धनी नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवि ओड र प्रविशा अधिकारीले स्वरमा रहेको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

बालकृष्ण न्यौपानेले लेखेका यो गितलाई अझै मिठो बनाउन सुनिल राइले संगीत दिएका छन् । यस गितको भिडियोमा मनै लोभ्याउने खालका सिनहरु देख्न सकिन्छ । गितको भिडियोलाई मुस्ताङका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको हो । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । रवि नेपाल आइडल विजेता पछि पछिल्लो समय निकै ब्यस्त रहेका छन् । उनले आइडल भएपछि आफ्ना दर्शक श्रोताका लागि आधा दर्जनभन्दा बढि गितहरु ल्याइसकेका छन् ।

उनले केहि दिन अघि मात्रै ‘घरमा कुरा’ बोलको गित ल्याएका थिए भने यस अघि ‘२ कौडीको बुद्धि ’ ,‘मिठो बोलीले ’ ,‘दिलको फ्रेममा’ लगायत गीतहरु बजारमा ल्याएका थिए । उनले आफ्ना सबै गितहरुलाई सबैले मन पराइरहेको र राम्रो प्रतिकृया पाइरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...