Monday 6th May 2024

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनको लागि नामावली प्रकाशित,६३१ जनाले फाराम भरे


तितोपाटी – एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।

निर्वाचन अायुक्त शिब प्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार निर्वाचन समितिले दिएको म्याद हिँजो १९ जुलाइको दिन समाप्त भएको र म्याद भित्र पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूले मात्र एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने जनाइएको छ ।

हाधिवेशनमा सहभागी हुन नमिले पनि वर्ष २०१९–२१ को लागि गैर आवासीय नेपाली संघको सदस्य बन्न चाहने ब्यक्तिहरुले भने अनलाइनबाट अझै पनि सदस्यता फाराम भर्न सकिने जनाएको छ ।

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः
गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन कुवेत सिटीको क्ष्ल् ७ न्य ज्यतभ िको सभाहलमा छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको तपाई हामी सबैमा सर्बविदितै छ । महाधिवेशन प्रयोजनको लागि निर्वाचन समितिले आगामी कार्यकाल २०१९–२१ को लागि अनलाइन पद्धतिबाट भरिएको पञ्जिकृत सदस्यता नामवली प्रकाशित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका अनुसार हिँजो १९ जुलाइ २०१९ सम्म पञ्जिकृत सदस्यता फाराम भर्न पाउने म्याद राखेकोमा म्याद सकिने समय सम्म जम्मा ६३१ जना गैर आवसीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पञ्जिकृत सदस्यता फाराम भरेकोले त्यस भन्दा बाहेकका कुनै पनि ब्यक्तिले महाधिवेशनमा भाग लिन नपाउने ब्यहोरा सबैमा सूचित गरिन्छ ।
महाधिवेशनमा सहभागी हुन नमिले पनि वर्ष २०१९–२१ को लागि गैर आवासीय नेपाली संघको सदस्य बन्न चाहने ब्यक्तिहरुले भने अनलाइनबाट सदस्यता फाराम भर्न सकिने पनि सम्बन्धित सबैको जाकारीको लागि यो सूचना प्रकाशति गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...