Tuesday 31st March 2026

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनको लागि नामावली प्रकाशित,६३१ जनाले फाराम भरे


तितोपाटी – एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।

निर्वाचन अायुक्त शिब प्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार निर्वाचन समितिले दिएको म्याद हिँजो १९ जुलाइको दिन समाप्त भएको र म्याद भित्र पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूले मात्र एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने जनाइएको छ ।

हाधिवेशनमा सहभागी हुन नमिले पनि वर्ष २०१९–२१ को लागि गैर आवासीय नेपाली संघको सदस्य बन्न चाहने ब्यक्तिहरुले भने अनलाइनबाट अझै पनि सदस्यता फाराम भर्न सकिने जनाएको छ ।

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः
गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन कुवेत सिटीको क्ष्ल् ७ न्य ज्यतभ िको सभाहलमा छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको तपाई हामी सबैमा सर्बविदितै छ । महाधिवेशन प्रयोजनको लागि निर्वाचन समितिले आगामी कार्यकाल २०१९–२१ को लागि अनलाइन पद्धतिबाट भरिएको पञ्जिकृत सदस्यता नामवली प्रकाशित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका अनुसार हिँजो १९ जुलाइ २०१९ सम्म पञ्जिकृत सदस्यता फाराम भर्न पाउने म्याद राखेकोमा म्याद सकिने समय सम्म जम्मा ६३१ जना गैर आवसीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पञ्जिकृत सदस्यता फाराम भरेकोले त्यस भन्दा बाहेकका कुनै पनि ब्यक्तिले महाधिवेशनमा भाग लिन नपाउने ब्यहोरा सबैमा सूचित गरिन्छ ।
महाधिवेशनमा सहभागी हुन नमिले पनि वर्ष २०१९–२१ को लागि गैर आवासीय नेपाली संघको सदस्य बन्न चाहने ब्यक्तिहरुले भने अनलाइनबाट सदस्यता फाराम भर्न सकिने पनि सम्बन्धित सबैको जाकारीको लागि यो सूचना प्रकाशति गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...