Thursday 1st October 2026

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना


तितोपाटी – गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उम्मेदवारी फारामकाे साथमा पेश गर्नुपर्ने कागजातका बारेमा सूचित गरेको छ ।

निर्वाचन आयुक्त शिब प्रसाद काेइरालाद्वारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार उम्मेदवारी फारमको साथ कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि, विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात, हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि पेश गर्नु पर्ने जनाएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अाचार संहिता, निर्वाचन कार्य तालिका र विभिन्न सूचना जारी गरि उम्मेदवारी दिन सक्ने योग्यता, स्थान, मिति, शुल्क लगायतका बारेमा पहिले नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित सूचनामा बताइए अनुसारः

सम्पुर्ण कुवेतवासी नेपलाी दाजुभाइ तथा दिदीबहिनीहरु,
गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन कुवेत सिटीको क्ष्ल् ७ न्य ज्यतभ िको सभाहलमा हुन गैरहेको छैटौं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले संस्थाको विधान नियमावलीले दिएको अधिकार प्रयोग गरि निर्वाचन सम्बन्धी नीति नियम र प्रकृया बारे यस अघि नै सबैमा सूचना सम्प्रेषण तथा विभिन्न मिडियाबाट समाचार सम्प्रेषण भइ नै रहेको छ ।

नयाँ कार्यकालको लागि यहि जुलाई महिनाको २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी दिन चाहने संघको विधान सम्मत योग्यता पुगेका गैर आवासीय नेपालीहरुले मालिया सिटी स्थित चौतारी रेष्टुरेन्टमा उम्मेदवारी फाराम र शुल्कको साथमा तपसिल बमोजिमका कागजातहरु पेश गर्नु हुन यसै सूचनाद्धारा सम्पुर्ण कुवेतवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सूचित गरिन्छ ।

तपसिल
१. कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि ।
२. विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात ।
३. हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो ।
४.प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...