Saturday 20th December 2025

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना


तितोपाटी – गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उम्मेदवारी फारामकाे साथमा पेश गर्नुपर्ने कागजातका बारेमा सूचित गरेको छ ।

निर्वाचन आयुक्त शिब प्रसाद काेइरालाद्वारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार उम्मेदवारी फारमको साथ कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि, विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात, हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि पेश गर्नु पर्ने जनाएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अाचार संहिता, निर्वाचन कार्य तालिका र विभिन्न सूचना जारी गरि उम्मेदवारी दिन सक्ने योग्यता, स्थान, मिति, शुल्क लगायतका बारेमा पहिले नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित सूचनामा बताइए अनुसारः

सम्पुर्ण कुवेतवासी नेपलाी दाजुभाइ तथा दिदीबहिनीहरु,
गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन कुवेत सिटीको क्ष्ल् ७ न्य ज्यतभ िको सभाहलमा हुन गैरहेको छैटौं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले संस्थाको विधान नियमावलीले दिएको अधिकार प्रयोग गरि निर्वाचन सम्बन्धी नीति नियम र प्रकृया बारे यस अघि नै सबैमा सूचना सम्प्रेषण तथा विभिन्न मिडियाबाट समाचार सम्प्रेषण भइ नै रहेको छ ।

नयाँ कार्यकालको लागि यहि जुलाई महिनाको २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी दिन चाहने संघको विधान सम्मत योग्यता पुगेका गैर आवासीय नेपालीहरुले मालिया सिटी स्थित चौतारी रेष्टुरेन्टमा उम्मेदवारी फाराम र शुल्कको साथमा तपसिल बमोजिमका कागजातहरु पेश गर्नु हुन यसै सूचनाद्धारा सम्पुर्ण कुवेतवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सूचित गरिन्छ ।

तपसिल
१. कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि ।
२. विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात ।
३. हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो ।
४.प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...