Thursday 12th March 2026

एनआरएन हङकङको अध्यक्ष पदमा बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङको उम्मेदवारी


तितोपाटी – गैर आवासीय नेपली संघ हङकङको आगामी सन २०१९-२१ को कार्यकालको लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने गैर आवासीय नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् ।

एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई होंग्कोंग रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन् ।

हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै सन् २००५ देखि २०१९ सम्म निरन्तर गैर आवासीय नेपाली संघ हङकङमा आवद्ध भएर काम गर्दै आएका छन् । उक्त संस्थामा उनी सन् २०१५ देखि २०१७ सम्म महासचिव थिए भने सन् २०१७ देखि २०१९ सम्म अर्थात् हालसम्म वरिष्ठ उपाध्यक्षको पदभार सम्हालिरहेका छन् ।

उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा उनी नेपाल भलिबल संघको भलिबल एम्बेसेडरको रुपमा विदेशी भूमिमा रहेर पनि नेपाल र हङकङबीच ३४ बर्षपछि मैत्रीपूर्ण भलिबल खेल खेलाउन सफल व्यक्तिको रुपमा परिचित छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...